यात्रारत नेपाली सेनाका मेजर दीपक श्रेष्ठको मोबाइल 'अन' भएकाले हराएको
खबर सुनेदेखि उनकी दिदीले तारन्तार कल गरिरहेकी थिइन्। तर, उठेन। उनले जहाज
खोजीमा जुटेका सुरक्षाकर्मीलाई भाइको मोबाइल नम्बर टिपाइन्।
सुरक्षाकर्मीले त्यही मोबाइलमा कल गर्यो। र, त्यसैको घन्टी पछ्याउँदै
सोमबार बिहान दुर्घटनास्थल फेला पार्यो। जहाजमा सवार सबै १८ जनाको मृत्यु
भइसकेको थियो, मेजर श्रेष्ठको मोबाइललाई छोडेर।

यत्रो ठूलो
दुर्घटनामा पनि मोबाइल लाग्नु संयोगको घटना हो। तर, नियमअनुसार जहाजमा
मोबाइल प्रयोग गर्न पाइँदैन। उड्नुअघि नै मोबाइल लगायत विद्युतीय उपकरण
बन्द गर्न यात्रुहरूलाई सूचित गरिन्छ। मुलुकको उड्डयन क्षेत्रको नियामक
निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन ऐनले पनि यही भन्छ। जहाज
उडेदेखि अवतरण नगरेसम्म मोबाइल फोन, ल्याटप, आइप्याड वा अन्य विद्युतीय
उपकरण प्रयोग गर्न नपाइने ऐनमा उल्लेख छ।

श्रेष्ठले यो नियम मानेर
अरूले जस्तै आफ्नो मोबाइल 'स्विच अफ' गरेका भए प्रतिकूल मौसमका कारण
सुरक्षाकर्मीलाई दुर्घटनास्थल पुग्न थप समय लाग्न सक्थ्यो। अपूरणीय क्षति
भए पनि नियम मिचेर मोबाइल अन गरिएका कारण दुर्घटनास्थल पत्ता लाग्यो। अब
प्रश्न उठ्छ– जहाजभित्र मोबाइल फोन चलाउन दिन हुन्छ कि हुन्न?

संसारका
केही वायुसेवा कम्पनीले नियमित उडानमा मोबाइल फोन प्रयोग गर्न दिन थालेका
छन्। अमेरिकाको अमेरिकन एयरलाइन्स र डेल्टा एयरलाइन्स, बेलायतको ब्रिटिस
एयरवेज, आयरल्यान्डको र्यान एयर, जर्मनीको लुफ्थान्सा एयरवेज लगायतले
आफ्ना तोकिएका जहाज उडानमा मोबाइल फोन, इन्टरनेट प्रयोग गर्न दिइरहेका छन्।
र्यान एयरले धावनमार्ग छाडेको केही बेरमै यात्रुलाई मोबाइल फोन प्रयोग
गर्न दिने गरेको छ।

अमेरिकन र डेल्टा एयरलाइन्समा त प्रत्येक सिटमा
फोनै राखिएको हुन्छ। तिनलाई प्रयोग गर्न क्रेडिट कार्ड चाहिन्छ। 'त्यस्ता
फोन र मोबाइल जहाज उड्ने र अवतरण गर्ने बेला भने प्रयोग गर्न पाइँदैन,' दुई
दशकदेखि जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनले मंगलबार नागरिकसँग भने,
'धेरै उचाइमा गएपछि ती जहाजमा मोबाइल फोन प्रयोग गर्न पाइन्छ।'

ती
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले यात्रुहरूकै मागका कारण यस्तो सुविधा
दिएको जनाएका छन्। सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको आतंककारी
हमलापछि जहाजमा मोबाइल चलाउन छुट दिनुपर्ने बहस सुरु भएको थियो। त्यतिखेर
अलकायदाले चार जहाज अपहरण गरेका थिए। त्यसैमध्येको युनाइटेड एयरलाइन्सको
जहाज पेन्सिल्भेनियाको जंगलमा खसेको थियो। यात्रुहरूको संयुक्त प्रयासबाट
निशाना असफल भएको बताइन्छ। जहाज नियन्त्रणमा लिइएपछि केही यात्रुले मोबाइल
प्रयोग गरेर कुराकानी गर्दा आतंककारीले टि्वन टावर, पेन्टागन लगायत
अमेरिकाका महŒवपूर्ण गन्तव्यलाई निशाना बनाएको थाहा पाएका थिए। दुर्घटनापछि
ब्ल्याक बब्सबाट रेकर्ड भएको सूचना विश्लेषण गर्दा यात्रुले आतंककारीको
लक्ष्य असफल बनाएको खुलेको थियो।

यही घटनापछि अमेरिकन एयरलाइन्स,
डेल्टा लगायत अन्यले मोबाइल सुविधा दिन थालेका हुन्। त्यसो भए यी विदेशी
वायुसेवाले थालेको अभ्यास नेपालमा पनि गर्न मिल्छ?

'नियमले मिल्दैन,' ती क्याप्टेनले भने, 'हामीले उड्डयन प्राधिकरणको नियम मान्नैपर्छ, यो बाध्यकारी हुन्छ।'

उनका
अनुसार स्थानीय निकायले नियम बनाए पनि यस्तो नियम संसारभरका उड्डयन
प्राधिकरणहरूको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को
अनुसूची–६ को 'अपरेसन रिक्वायरमेन्ट अफ एयरक्राफ्ट' अनुसार बनाइएको हो।

'वायुसेवा
निगमको जहाज दुर्घटनास्थल पत्ता लगाउन मोबाइल फोनले महŒवपूर्ण भूमिका
खेलेको पक्कै हो,' ती क्याप्टेनले भने, 'मेजर श्रेष्ठले मोबाइल अफ नगरेको
फाइदा संयोगवश भएको मात्र हो, किनकि दुर्घटना हुँदा पनि उनको मोबाइल केही
भएन र टावर टिप्ने ठाउँमा पर्न गयो।'

मुलुकका आन्तरिक वायुसेवा
कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले
'नेभिगेसनल' उपकरणमा असर गर्ने गरी विद्युतीय उपकरण नचलाउनू भन्ने नियमको
फाइदा वा बेफाइदाबारे हालसम्म अध्ययन नभएको बताए। 'अहिलेको दुर्घटनामा
मोबाइल प्रयोग गर्दा फाइदा भएको त देखियो, तर भविष्यमा प्रयोग गर्न पाउने
वा नपाउने भन्ने निर्णय प्राधिकरणमा भर पर्छ,' उनले भने।

प्राधिकरणले
नयाँ नियम नबनाएसम्म अहिलेकै नियम मान्नुपर्ने उनको भनाइ छ। 'हामी सबै
वायुसेवा र प्राधिकरणले यसबारे छलफल गरेर निष्कर्ष निकाल्न सक्छौं,' उनले
भने, 'दुर्घटना जाँच आयोगको प्रतिवेदन आएपछि थप कुरा अघि बढाउँछौं।'

प्राधिकरणका एक उच्च अधिकारीले भने नेभिसगेसनल उपकरणमा असर पर्ने भएका कारण जहाजभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने बताए।

'दुर्घटना
जाँच आयोगले जहाजभित्र मोबाइल प्रयोग गर्न हुने सिफारिस गर्यो भने हामी
नियम परिवर्तन गर्छौं,' उनले भने, 'यसमा वायुसेवा कम्पनीहरूको आन्तरिक
नीतिले पनि काम गर्नुपर्छ।'

उनका अनुसार जहाज सम्पर्कविहीन भएलगत्तै
प्राधिकरणले क्याप्टेन शंकर श्रेष्ठको मोबाइलमा कल गरेको थियो। त्यसपछि
क्याप्टेनको मोबाइल ट्रेस गर्दा अर्घाखाँचीको मरुवाकोट क्षेत्रमा मोबाइलको
संकेत देखिएको थियो। त्यहीँबाट जहाजको खोजी त्यस क्षेत्रमा गरिएको थियो।
पछि यात्रु श्रेष्ठको मोबाइलको घन्टीबाट दुर्घटनास्थल पत्ता लागेको हो।

अर्का
एक वायुसेवा कम्पनीका वरिष्ठ क्याप्टेन जहाजभित्र यात्रुको मोबाइल अन छ
भने त्यसले ककपिटभित्र कम्युनिकेसन/नेभिगेसन प्रणालीमा बाधा उत्पन्न गर्ने
बताउँछन्।

'विमानस्थलको टावर र पाइलटबीच कुराकानी वा पाइलट–पाइलटबीच
कुराकानी गर्दा अवरोध उत्पन्न हुन्छ,' उनले भने, 'आन्तरिक हुन् वा
अन्तर्राष्ट्रिय, जुनसुकै जहाजमा उड्नुअघि मोबाइल फोन र अन्य विद्यतीय
उपकरण बन्द गर्न अनुरोध गरिन्छ।'

उनको अनुभवमा नेपाली यात्रुले भने
मोबाइल फोन अफ गर्न हिच्किचाउने गरेका छन्। 'त्यसमाथि उच्चपदस्थ अधिकारी
यात्रारत छन् र तिनले मोबाइल प्रयोग गरिरहे भने त एयरहोस्टेसले उनीहरूलाई
मोबाइल बन्द गर्नुस् भन्नै सक्दैनन्,' उनले भने, 'निगमको दुर्घटना भएको
जहाजमा पनि ठुल्ठूला मान्छे चढेका थिए। चालकदललाई पनि उडानको दबाब भएको
हुनसक्छ।
Japan special
Basketball News
Formula 1 News
7:52 AM
ग्यालेक्सी एस ५ सार्वजनिक
यो मोबाइल आगामी अप्रिलबाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्यारेक्सी एस ५ मा फिङ्गरप्रिन्ट स्क्यानरको क्षमता छ। यसका थप विशेषताका रुपम उत्कृष्ट क्यामेरा, होम पेजमा फिङ्गरप्रिन्ट स्क्यानर, हेल्थ फिभर र किड्स मोडमा राखिएको छ। यसको स्क्रिन ५ दशमलव १ इन्चको छ।
वाटरप्रुफ नभए पनि यसलाई धुलो र पानीबाट असर नगर्ने कम्पनीको दाबी छ। एस ५ को मूल्य भने सार्वजनिक गरिएको छैन।
ग्यालेक्सी एस ५ मा प्रयोगकर्ताको स्वास्थ्यलाई ख्याल राख्नेो हार्ट सेन्सर राखिएको छ। पछाडिको क्यामराको ठीक तल रहेको उक्त विशेषताले प्रयोगकर्ताको मुटुको सुरक्षा गर्नेछ।
फोनमा राखिएको फिङ्गरप्रिन्ट स्क्यानरले फोनलाई एक स्वइपबाट अनलक गर्न सकिन्छ। साथै यसमा किड्स मोड नामको विशेषता छ, जसले गर्दा तपाईँले अनुमति दिएका फोनको फिचरमात्र बच्चाले प्रयोग गर्न पाउँछन्। यो चार वटा रङ्गमा उपलब्ध हुने कम्पनीले जानाएको छ।
यो फोनमा २ दशमलव ५ गिगाहर्ज प्रोसेसर र २ जीबीको र्याबम छ । यसमा १६ मेगापिक्सलको ब्याक क्यामरा छ भने २.१ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।
10:13 PM
नमस्ते निप्पोन खबर
नमस्ते निप्पोन खबर
जापान
आज गुन्माप्रान्तको माएबाशी स्थित निप्पोंगो गाकुइन मा बक्त्रित्वकला कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा विभिन्न देशका बिधार्थी हरुले आ -आफ्नो बिचार ब्यक्त गर्नुका साथै विभिन्न प्रतिभा हरु प्रस्तुत गरेका छन |जसमा नेपाली बिधार्थी बाट एक ,चाइना बाट २,इन्डोनेसिया बाट 1 र भिएत्नाम बाट 1 बिधार्थी ले पुरस्कार जित्न सफल भएका छन | बिशेस गरि नेपालि बिधार्थीको बाक्लो उपस्थिति रहेको यो कार्यक्रम मा नेपालि पोशाक दौरा सुरुवाल र सारी मा सजिएका नेपाली बिधार्थी ले पनि आफ्नो बिचार प्रस्तुत गर्नुका साथै देशभक्ति झल्किने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए |कार्यक्रम बिधालय प्रिन्सिपल को अध्यक्षता मा भएको थियो |
जापान
आज गुन्माप्रान्तको माएबाशी स्थित निप्पोंगो गाकुइन मा बक्त्रित्वकला कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा विभिन्न देशका बिधार्थी हरुले आ -आफ्नो बिचार ब्यक्त गर्नुका साथै विभिन्न प्रतिभा हरु प्रस्तुत गरेका छन |जसमा नेपाली बिधार्थी बाट एक ,चाइना बाट २,इन्डोनेसिया बाट 1 र भिएत्नाम बाट 1 बिधार्थी ले पुरस्कार जित्न सफल भएका छन | बिशेस गरि नेपालि बिधार्थीको बाक्लो उपस्थिति रहेको यो कार्यक्रम मा नेपालि पोशाक दौरा सुरुवाल र सारी मा सजिएका नेपाली बिधार्थी ले पनि आफ्नो बिचार प्रस्तुत गर्नुका साथै देशभक्ति झल्किने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए |कार्यक्रम बिधालय प्रिन्सिपल को अध्यक्षता मा भएको थियो |
Subscribe to:
Posts

Atom