News Update :

ग्यालेक्सी एस ५ सार्वजनिक

ग्यालेक्सी एस ५ सार्वजनिक 
यो मोबाइल आगामी अप्रिलबाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्यारेक्सी एस ५ मा फिङ्गरप्रिन्ट स्क्यानरको क्षमता छ। यसका थप विशेषताका रुपम उत्कृष्ट क्यामेरा, होम पेजमा फिङ्गरप्रिन्ट स्क्यानर, हेल्थ फिभर र किड्स मोडमा राखिएको छ। यसको स्क्रिन ५ दशमलव १ इन्चको छ। वाटरप्रुफ नभए पनि यसलाई धुलो र पानीबाट असर नगर्ने कम्पनीको दाबी छ। एस ५ को मूल्य भने सार्वजनिक गरिएको छैन। ग्यालेक्सी एस ५ मा प्रयोगकर्ताको स्वास्थ्यलाई ख्याल राख्नेो हार्ट सेन्सर राखिएको छ। पछाडिको क्यामराको ठीक तल रहेको उक्त विशेषताले प्रयोगकर्ताको मुटुको सुरक्षा गर्नेछ। फोनमा राखिएको फिङ्गरप्रिन्ट स्क्यानरले फोनलाई एक स्वइपबाट अनलक गर्न सकिन्छ। साथै यसमा किड्स मोड नामको विशेषता छ, जसले गर्दा तपाईँले अनुमति दिएका फोनको फिचरमात्र बच्चाले प्रयोग गर्न पाउँछन्। यो चार वटा रङ्गमा उपलब्ध हुने कम्पनीले जानाएको छ। यो फोनमा २ दशमलव ५ गिगाहर्ज प्रोसेसर र २ जीबीको र्याबम छ । यसमा १६ मेगापिक्सलको ब्याक क्यामरा छ भने २.१ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।
Share this Article on :
 

© Copyright test 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com .